०४ साउन २०८३, सोमबार

सलोनको हातमा प्रेमिका करिश्माको नामको ट्याटु, मंसिरमा गर्दैछन् विवाह

कात्तिक ३, २०७९
सलोनको हातमा प्रेमिका करिश्माको नामको ट्याटु, मंसिरमा गर्दैछन् विवाह

अभिनेता सलोन बस्नेतले आगामी महिना विवाह गर्दैछन् । उनले प्रेमिका करिश्मा केसीसँग धूमधामले विवाह गर्न लागेका हुन् । मंसिरको १२ गते उनीहरुबीच विवाह हुन लागेको हो । 

अभिनेता सलोनले विवाहअघि करिश्माको नामको ट्याटू आफ्नो हातमा खोपेका छन् । बिहीवार राजधानीमा आयोजित एक कार्यक्रममा उपस्थित सलोनले ट्याटूबारे सञ्चारकर्मीसँग खुलेरै कुरा गरे । आफूले डेढ महिनाअघि ट्याटू खोपेको उनले जानकारी दिए । उनले हातमा ‘मेरिकल करिश्मा’ लेखेका छन् । 

‘उसलाई थाहा थिएन । बेलुका सरप्राइज दिएको थिएँ’, उनले भने, ‘उ खुशी भएको थियो ।’ सलोन र करिश्मा केही वर्षयता प्रेम सम्बन्धमा छन् । नेपाल एयरलाइन्समा काम गर्ने करिश्मा एयर होस्टेस हुन् । निर्देशक शोभित बस्नेतका छोरा सलोन नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता हुन् ।

-प्रेमिका करिश्मासँग अभिनेता सलोन बस्नेत 

salt training

कमेन्ट गर्नुहोस्