१५ असार २०८३, सोमबार

सलोन र आमेशले तिहार विशेष कार्यक्रम गर्दै

कात्तिक ३, २०७९
सलोन र आमेशले तिहार विशेष कार्यक्रम गर्दै

आगामी कार्तिक ६ गते साँझ दरबारमार्गस्थित ‘लिक्कुइड लन्ज’मा तिहार विशेष कार्यक्रम आयोजना गरिने भएको छ । ‘लिक्कुइड तिहार हंगामा विथ सलोन एण्ड आमेष लाइभ म्युजिक’ नाम दिइएको कार्यक्रममा अभिनेता सलोन बस्नेत र आमेश भण्डारीले गीत गाएर दर्शक झुमाउने छन् । 

बिहीवार राजधानीमा पत्रकार सम्मेलनकोे आयोजना गर्दै तिहार विशेष कार्यक्रम गर्न लागिएको जानकारी दिइयो । उक्त कार्यक्रममा सलोनका अलवा एफटी लिक्कुइड ब्याण्डले पनि आफ्नो प्रस्तुति दिने छ । पत्रकार सम्मेलनमा शोभित बस्नेतका साथमा सलोन, आमेष र ब्याण्डका सदस्य उपस्थित थिए । 

सलोन र आमेषले तिहार हंगामामा आफूहरूलाई धेरै भन्दा धेरै दर्शकको साथ मिल्ने विश्वास व्यक्त गरे । आफूहरू अहिले गायनको अभ्यास गरिरहेको भन्दा पत्रकार सम्मेलनमा नै गीत गाएर सुनाएका थिए । कार्यक्रम आयोजक सञ्जीव लामाले राति ९ बजेबाट आयोजना हुने कार्यक्रम निकै रमाइलो र भव्य हुने जानकारी दिए ।
 

salt training

कमेन्ट गर्नुहोस्