१५ असार २०८३, सोमबार

रुसविरुद्ध युक्रेन गर वा मरको स्थितिमा, कतिञ्जेल थाम्ला युरोपले ?

कात्तिक ३, २०७९
रुसविरुद्ध युक्रेन गर वा मरको स्थितिमा, कतिञ्जेल थाम्ला युरोपले ?

रुस र युक्रेनबीचको लडाइँ आठ महिना पूरा हुन लाग्दा युक्रेनले अहिले निर्णायक परिणाम नल्याएमा उसको लज्जास्पद पराजय सुनिश्चित हुनेछ । 

रुसले युक्रेनी भूमिमा थप अग्रता हासिल गरेनछ भने पनि युक्रेनले युद्ध जित्न नसक्ने देखिँदैछ । 

आगामी महिनाहरूमा युक्रेनलाई सहयोग गर्न पश्चिमले निकै धेरै खर्च गर्नुपर्ने हुन्छ । अहिले रुसले जसरी युक्रेनका ऊर्जा संरचनाहरूलाई ध्वस्त पारिरहेको छ, त्यसबाट युक्रेनको अर्र्थतन्त्र थप थला पर्नेछ । 

विद्युत् आपूर्ति कटौतीको मात्रा बढ्दै जाँदा व्यापारिक प्रतिष्ठान र उद्योगहरूको उत्पादन घटेको छ । यससँगै शहरहरू असुरक्षित बन्न थालेका छन् अनि जीवनस्तर पनि घटेको छ । युक्रेन छोडेर जाने मानिसहरूको संख्या ह्वात्तै बढ्ने निश्चित छ । 

युक्रेनलाई रुससँग लडाइरहनका लागि सैन्य सहायताका साथै आर्थिक सहायता पश्चिमले उपलब्ध गराइरहेको भए पनि युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले संरचना मर्मतका लागि थप रकमको माग गरिरहेका छन् । त्यसको मूल्य बढेको बढ्यै छ । 

पश्चिमी मुलुकहरू आफ्नै आर्थिक र राजनीतिक दबाबमा थिचिएको समयमा युक्रेनलाई सहयोग गर्नुपर्ने बाध्यता छ । यस स्थितिले आंग्लभाषी मुलुकहरूमा खासै परिवर्तन नल्याउने भए पनि युरोपमा यसको प्रभाव अवश्यै पर्छ । जाडो महिना लागेपछि युरोपको बिजोक हुनेवाला छ । 

अर्थात्, युक्रेनले आफ्नो विशाल लक्ष्य हासिल गर्ने समय साँघुरिँदैछ । युद्धको दिशा परिवर्तन गर्नका लागि उनीहरूले खर्सनमा विजय प्राप्त गर्नुपर्छ । 

कर्च पुलमा युक्रेनीहरूले आतंकवादी आक्रमण गरेपछि रुसले त्यसको जवाफ फर्काउनका लागि चलाएको हमलाको शृंखलाले युक्रेनीहरूको आत्मविश्वास डगमगाएको छ । रुसविरुद्ध कठोर कारवाही गरेमा त्यसको परिणाम भयावह हुने सन्देश युक्रेनीहरूले पाएकाले उनीहरूमा मनोवैज्ञानिक असर परेको छ । 

पुलमा आक्रमण गर्दा यसरी आफ्नो ऊर्जा संरचना ध्वस्त भइरहेको छ भने जित्नका लागि कठोर प्रहार गर्दा त्यसको प्रतिक्रिया झन् कस्तो आउला ? उनीहरूले यसबारे केही नभने पनि उनीहरूको मनमा यो कुरा चलिरहेको हुनुपर्छ । 

रुसले अहिलेसम्मको युद्धमा पर्याप्त गम्भीरता देखाएकै थिएन । तर अहिले कुरा बिग्रेपछि उनीहरू निद्राबाट ब्युँझिएका छन् । 

अब यो खेलाँची रहेन भन्ने कुरा युक्रेनले पनि बुझ्न थालेको छ । रुसको यो आक्रमणको जवाफ फर्काउन पनि उनीहरूले सकेका छैनन् । त्यसैले उनीहरू भूभाग नियन्त्रणको सवालमा विजय चाहन्छन, त्यो पनि छिटो विजय । 

रुसले युक्रेनको थप भूमिमा नियन्त्रण कायम गर्न सकेनछ भने पनि यो युद्ध सिरियाको जस्तो हुने पक्का छ । युद्धले युक्रेनलाई सिरिया जस्तै असफल राष्ट्र बनाउनेछ अनि यतैबाट युरोपमा अस्थिरताको लहर फैलिनेछ ।
 

salt training

कमेन्ट गर्नुहोस्