
कमेडियन अपूर्वक्षितिज सिंह साढे २ लाख धरौटीमा रिहा भएका छन् । नेवारी संस्कृतीमाथी व्यङ्ग्य गरेको भन्दै अभियान्तले उनी विरुद्ध जिल्ला प्रहरी परिसरमा उजुरी दिएका थिए ।
प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेश मैनालीका अनुसार उनलाई बिहीवार बिहान १० बजे अदालतमा उपस्थित गराइएको थियो । उनको बिहीवार नै थुनछेक बहस भएको थियो ।
उनलाई प्रहरीले भदौ १२ गते पक्राउ गरेर ११ दिन हिरासतमा राखेको थियो । त्यो समयमा कोरोना संक्रमण भएको भन्दै हाजिरी जमानीमा छोडिएको थियो । प्रहरीले उनलाई पुनः केही दिन अगाडि नियन्त्रणमा लिएको थियो । प्रहरीले उनलाई अदालतमा पेश गर्नुपर्ने भन्दै पक्राउ गरेकोे थियो ।