
वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालको दशौँ कृति ‘काला बादलमा उज्याला पाइला’ सार्वजनिक भएको छ । दाहालको कविता सङ्ग्रह ‘काला बादलमा उज्याला पाइला’ शिखा बुक्सले प्रकाशन गरेको हो ।
पुस्तक सार्वजनिक गर्दै पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता नरहरि आचार्यले दाहालको नेतृत्वमा सञ्चालन भएको विश्लेषणसहितको रेडियो कार्यक्रम घटना र विचारबाट आफू प्रभावित भएको बताए ।
दाहालले सञ्चालन गरेको रेडियो नेपालको कार्यक्रम घटना र विचारबाट नै उनको बौद्धिकता स्पष्ट हुने उल्लेख गर्दै नेता आचार्यले कृति पनि खँदिलो रहेको बताए । दाहालले पुस्तक प्रकाशन गर्नु अघिदेखि नै उनको व्यक्तित्व नै आफूले अध्ययन गर्दै आएको पूर्वमन्त्री आचार्यले सुनाए ।