२३ असार २०८३, मंगलबार

कलाकारहरू बिरामी हुँदा रोकियो ‘सक्किगोनि’को सुटिङ, दोहोरियो पुरानै भाग

कात्तिक ४, २०७९
कलाकारहरू बिरामी हुँदा रोकियो ‘सक्किगोनि’को सुटिङ, दोहोरियो पुरानै भाग

चर्चित हाँस्य टेलिसिरियल ‘सक्किगोनि’ हरेक बिहीबार राती हिमालय टेलिभिजनमा प्रशारण हुँदै आएको छ । 

तर, हिजो भने टेलिसिरियलको नयाँ भाग प्रशारणमा नआएर पुरानै भाग पुनः दोहोरियो ।

टिमभित्रका केही कलाकारहरूमा देखिएको स्वास्थ्य समस्याका कारण नयाँ भाग छायाँकन गर्न नसकिएको टेलिसिरियलका लेखन, निर्देशक एवं कलाकारमध्येका एक अर्जुन घिमिरेले जानकारी दिएका छन् ।

‘टीमभित्रका केही कलाकारहरूमा देखिएको स्वास्थ्य समस्याका कारण यो हप्ताको सक्किगोनिको लागि सुटिङ गर्न असमर्थ भयौँ,’ उनले फेसबुकमार्फत जानकारी दिएका छन्, ‘नयाँ भागको  प्रतिक्षामा रहनुभएका हाम्रा समस्त दर्शक महानुभावहरूमा पर्न गएको असुविधाप्रति क्षमा प्रार्थी छौँ ।’

उनले आगामी हप्ताबाट भने आफूहरूले नियमितरुपमा नयाँ भाग प्रशारणमा ल्याउने समेत जानकारी दिएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्