
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी मंसिर ४ गतेको निर्वाचन जसरी पनि जित्नुपर्ने बताएका छन् ।
उनले यो निर्वाचन सामान्य निर्वाचन नभएको समेत बताएका छन् ।
शुक्रवार राजधानीमा भएको सत्ता गठबन्धनको चियापान तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले देशको संविधान मिच्नेहरूलाई पाखा लगाउन कार्यकर्ताहरु अहोरात्र खटिएर चुनावी ब्याटलमा गठबन्धनलाई जिताउनुपर्ने बताए ।
उनले मंसिर ४ गते देशमा अराजकता निम्त्याउने, देशलाई निरंकुशताको भुमरीमा धकेल्ने शक्ति र अग्रगमनकारी बीचको लडाई भएकाले दुईवटा गठबन्धनबीच ब्याटल हुने र त्यसको ब्याटल आफूहरुले जित्नुपर्ने उल्लेख गरे ।