१७ असार २०८३, बुधबार

तिहारमा बिजबजारको भव्य उत्सव, ७६ प्रतिशतसम्म छुट

कात्तिक ४, २०७९
तिहारमा बिजबजारको भव्य उत्सव, ७६ प्रतिशतसम्म छुट

बिजबजारले दीपावलीलाई दृष्टिगत गर्दै  'बीजबजार भव्य उत्सव' नामक  योजना सञ्चालनमा ल्याएको छ।

चाडपर्वमा सेवाग्राहीले अफरहरूलाई नै बढी प्राथमिकता दिने हुँदा उनीहरूका मागअनुसार नै यो योजनालाई बजारमा ल्याएको बिजबजारले जनाएको छ।  

यो अफरअन्तर्गत सबै वर्गका सेवाग्राहीले विभिन्न क्याटेगोरिजका सामान खरिद गर्दा ७६  प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । 

कम्पनीले यस योजनाअन्तर्गत विभिन्न मनोरञ्जनात्मक क्रियाकलाप पनि सञ्चालन गर्ने जनाएको छ । 

जहाँ भाग्यशाली सेवाग्राही तथा विजेताले विभिन्न आकर्षक उपहार जित्ने मौका प्राप्त गर्नेछन् । 

यस योजनाअनुसार, बिजबजारबाट खरिद गरिने तिहारका झिलिमिली बत्तीमा ६५ प्रतिशतसम्म छुट पाइनेछ । 

यस्तै दाजुभाइलाई उपहार किन्दा ४० प्रतिशत  दिदीबहिनीलाई उपहार किन्दा ४५ प्रतिशत छुट पाइनेछ । 

 
 

salt training

कमेन्ट गर्नुहोस्