
गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले गठबन्धनको एकता देखेर प्रतिगमनकारी आत्तिएको आरोप लगाएका छन् । सत्तारुढ गठबन्धनको लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण भेलामा बोल्दै उनले सत्तारुढ गठबन्धनको एकता देखेर अत्तालिँदै प्रतिगमनकारीहरूले विभिन्न हतकण्डा अपनाउन थालेको बताए ।
गृहमन्त्री खाणले गठबन्धनलाई बलियो बनाउन सबै लाग्नुपर्ने बताए । ‘सहमति, सहकार्य र एकताले नै ठूला परिवर्तन हुँदै आएका छन्’, उनले भने, ‘समृद्ध नेपाल बनाउन गठबन्धनको एकता भएको हो ।’
खाणले प्रदेशका २६ वटै प्रतिनिधि सभा र ५२ वटा प्रदेश सभाका क्षेत्रमा जित निकाल्ने बताए । स्थानीय, प्रदेश र संघीय सरकार गठबन्धनको सरकार रहेको बताउँदै यसैबाट नेपाली जनताको ठूलो परिर्वतन ल्याउने बताए । देशभित्र नै रोजगारी सृजना गरेर अगाडि बढने बताए । गठबन्धनलाई पूर्ण सफलता प्रदान गर्न सबै लाग्नुपर्ने उनको भनाइ छ ।