०७ असार २०८३, आइतबार

राजु गुरुङको मुद्दामा अन्तरिम आदेशबारे सर्वोच्चमा सुनुवाइ

कात्तिक ४, २०७९
राजु गुरुङको मुद्दामा अन्तरिम आदेशबारे सर्वोच्चमा सुनुवाइ

रुपन्देही क्षेत्र नम्बर २ का एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको  छ ।

निवेदकको मागबमोजिम अन्तरिम आदेश दिने कि नदिने भन्ने विषयमा न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासमा सुनुवाइ भइरहेको हो ।

यसअघि न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले गुरुङको उम्मेदवारी खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न निर्देशनसहित अन्तरकालीन अन्तरिम आदेश दिएको थियो ।

त्यसपछि अन्तरिम आदेशका सम्बन्धमा दुवै पक्षलाई बोलाएर शुक्रवार बहस भइरहेको हो ।

बैंकिङ कसूरमा कालोसूचीमा रहेको पाइएपछि निर्वाचन आयोगले गठबन्धनका साझा उम्मेदवार गुरुङको उम्मेदवारी खारेज गरेको थियो ।

आफ्नो उम्मेदवारी खारेज भएपछि गुरुङले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्