रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीवार एक सैन्य तालिम केन्द्रको निरीक्षण गरेका छन् ।
त्यहाँ उनले स्नाइपर राइफलबाट गोली पनि चलाएका थिए ।
सामाजिक सञ्जालमा शेयर गरिएको भिडियोमा पुटिनले एसभीडी स्नाइपर राइफल चलाइएको देखिन्छ ।
उनीसँगै रहेका व्यक्तिको हातमा एउटा बक्स देखिएको थियो । पश्चिमी सञ्चारमाध्यमका अनुसार, त्यो पुटिनको न्युक्लियर फूटबल हो । त्यसमा रुसका आणविक हतियारहरूको कोड छ । पश्चिमलाई डराउनका लागि यो बक्स देखाइएको बताइएको छ ।
राजधानी मस्कोबाट १०० माइल दक्षिणपूर्वमा रियाजान क्षेत्रको तालिम केन्द्रमा पुटिनले कालो ज्याकेट र चश्मा लगाएर भुइँमा पल्टेर निशाना लगाएको देखिन्छ ।
जालोमुनि पुटिनले ३०० मिटर पर रहेको एक टार्गेटमा गोली चलाएको देखिएको थियो ।
पुटिनसँग रहेका अन्य एक व्यक्तिसँग फरक किसिमको ब्याग थियो । त्यसमा पुटिनका औषधिहरू हुन सक्ने अनुमान छ ।
वर्षौंदेखि पुटिनको स्वास्थ्यका विषयमा विभिन्न हल्ला चल्दै आएका छन् ।
फेब्रुअरी महिनामा युक्रेनविरुद्ध युद्ध शुरू भएयता पुटिनले कहिले पनि युद्धमोर्चाको भ्रमण गरेका छैनन् ।
📹WATCH: Russian President Vladimir Putin practices sniper rifle shooting at the training ground in Ryazan region. pic.twitter.com/iVAdG0Up8t
— 🇷🇺Jacob🇷🇺Charite🇷🇺 (@jaccocharite) October 20, 2022