०४ असार २०८३, बिहीबार

कांग्रेस उपसभापति गुरुङ चढेको गाडी दुर्घटनामा

कात्तिक ४, २०७९
कांग्रेस उपसभापति गुरुङ चढेको गाडी दुर्घटनामा

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ चढेको गाडी दुर्घटनामा परेको छ । निर्वाचन प्रचारका क्रममा उनी चढेको गाडी स्याङ्जाको कालिगण्डकी गाउँपालिका ६ मा दुर्घटना भएको हो ।

उपसभापति गुरुङ आफैले गाडी दुर्घटनाको भएको जानकारी दिएका छन् । आफू चढेकाे हाइलक्स गाडी सडककाे किनारस्थित नालीमा फसेकाे तस्वीर गुरुङले सामाजिक सञ्जालमा अपलाेड गरेका छन् । 

दुर्घटना सामान्य भएको र गाडीमा सवार सबै सकुशल रहेको गुरुङले बताए । सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘कालिगण्डकी–६ इम्सिलको कार्यक्रमबाट फर्कने क्रममा गल्याङ बटुवामा सामान्य दुर्घटना ! हामी सबै सुरक्षित छौँ ।’

उनी स्याङ्जा २ बाट सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधि सभातर्फ उम्मेदवार छन् । 

salt training

कमेन्ट गर्नुहोस्