०९ असार २०८३, मंगलबार

नेपालका लागि अमेरिकाका नवनियुक्त राजदूतले बुझाए ओहदाको प्रमाणपत्र

कात्तिक ४, २०७९
नेपालका लागि अमेरिकाका नवनियुक्त राजदूतले बुझाए ओहदाको प्रमाणपत्र

नेपालका लागि अमेरिकाका नवनियुक्त राजदूत डीन आर टमसनले शुक्रवार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहदाको प्रमाणपत्र पेश गरेका छन् । 

त्यसपछि टमसनले आफ्नो आधिकारिक ट्विटर अकाउन्टमा लेखे, ‘नेपालका लागि अमेरिकी राजदूतका रूपमा सेवा गर्न पाउँदा गौरवान्वित भएको छु । नेपालका नेता र जनतासँग मिलेर काम गर्नेछु । विगत ७५ वर्षदेखि अमेरिका र नेपालबीचको द्विपक्षीय सम्बन्धको सफलता आगामी ७५ वर्षसम्म पनि कायम रहने सुनिश्चित गर्नका लागि मिलेर काम गरिनेछ ।’ 

salt training

कमेन्ट गर्नुहोस्