१७ असार २०८३, बुधबार

निर्वाचन आयोगले १० दिनपछि गर्ने निर्णयले भूकम्प जाने देखियो : प्रमुख निर्वाचन आयुक्त

कात्तिक ४, २०७९
निर्वाचन आयोगले १० दिनपछि गर्ने निर्णयले भूकम्प जाने देखियो : प्रमुख निर्वाचन आयुक्त

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आचारसंहिता उल्लंघनबारे स्पष्टीकरण सोध्दैमा तरंग पैदा भएको बताएका छन् । शुक्रवार प्रदेश १ मा आयोजित प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन–२०७९ प्रदेशस्तरीय सञ्चारमाध्यमसम्बन्धी अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले आचारसंहिता उल्लंघनबारे स्पष्टीकरण सोध्दैमा तरंग पैदा भएको बताए । 

आयोगले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कारबाही गर्न प्रहरीलाई पत्राचार गरेपछि त्यसले राजनीतिक रुपमा बहस भइरहेको छ । प्रमुख निर्वाचन आयुक्त थपलियाले आगामी १० दिनमा आयोगले आचारसंहिता उल्लंघन गर्नेहरूलाई कारबाही गरेको निर्णयले उम्मेदवारहरूमा भूकम्प जानसक्ने आशंका व्यक्त गरे । उनले आचारसंहिताको कारबाही गर्ने विषयमा स्पष्टीकरण सोध्नु भनेको कारबाही गर्नु नभएको बताए । उनले आचारसंहिता उल्लंघन गरेको बारेमा स्पष्टीकरण सोध्नुलाई कारबाहीको प्रक्रिया प्रारम्भको रूपमा लिनुपर्ने बताए । 

उनले आचारसंहिता उल्लंघन गरेको उजुरी परेका उम्मेदवारले तथ्य प्रमाणका साथमा होइन भनेर प्रमाणित गरेमा मात्रै निर्वाचन आयोगले कारबाही नगर्ने बताए ।  

‘निर्वाचन आचारसंहिताको पूर्णपरिपालना गराउने कुरामा तपाईंहरूकै बल प्राप्त भएको, सिकाएको कुराबाट हामीले काम गरेका छौँ । आयोग दृढ छ । आचारसंहिता उल्लंघनमा स्पष्टीकरण सोध्दिँदै यत्तिको तरंग आएको छ भने अब १० दिन पछिका आयोगका निर्णयले ठूलै भूकम्प आउला की भन्ने मैले आशंका गरेको छु’, प्रमुख आयुक्त थपलियाले भने, ‘त्यहाँ भन्दा धेरै म यसमा प्रवेश गर्न चाहन्न । आचारसंहिताको कारबाही गर्ने विषयमा स्पष्टीकरण सोध्नु भनेको कारबाही गर्नु होइन, कारबाहीको प्रक्रिया प्रारम्भ गर्नु हो । उ अब दायराभित्र चाहिँ पस्यो भनेको हो । माकुराको जालोभित्र झिंगो पस्यो, अब जालो काटेर निस्किन सक्यो भने भनेको तथ्य प्रमाणका साथमा होइन भनेर प्रमाणित गरेमा निस्कियो, होइन भने कारबाही हुन्छ ।’

प्रमुख निर्वाचन आयुक्त थपलियाले आचारसंहिता उल्लंघन गर्ने उम्मेदवारहरूलाई कारबाही गर्न आयोग दृढ रहेको पनि बताए । 

salt training

कमेन्ट गर्नुहोस्