×

NMB BANK
NIC ASIA

‘प्रेम गीत ४’ को तयारीमा छन् सन्तोष ?

कात्तिक ७, २०७९

NTC
Premier Steels

चलचित्र ‘प्रेमगीत ३’को सफलतासँगै ‘प्रेम गीत ४’ निर्माणको चर्चा छ । दर्शकहरू पनि ‘प्रेम गीत ४’लाई लिएर पर्खाइमा देखिन्छन् । यद्यपि, निर्माता एवं निर्देशक सन्तोष सेनले तत्काल ‘प्रेम गीत ४’ नबनाउने उद्घोष गरेका छन् । आइतवार बालगृह महासंघमा चलचित्रको सफलताको खुशी साट्न आयोजित कार्यक्रममा सन्तोषले तीन/चार वर्षदेखिको प्रेसर बल्ल कम भएको बताउँदै केही समयको आरामपछि नयाँ चलचित्रको तयारीमा लाग्ने बताए । उनले ‘प्रेम गीत ३’को विश्वव्यापी प्रदर्शनपछि आफूहरूमा चुनौती पनि निकै थपिएको बताए । 

Muktinath Bank

‘फिल्म १२ सय स्क्रिनमा रिलिज गरेका थियौँ । अब, २ हजार स्क्रिनमा रिलिज गर्नुपर्ने चुनौती हामीमा छ । त्यो स्तरको फिल्म बनाउनुपर्ने हुन्छ’, उनले भने, ‘केही समय आराम गरेर आइडियामा छलफल गर्छौ । कुन हिसाबले कस्तो कन्टेन्ट दर्शकमार्फत ल्याउने र अहिलेको दर्शकको माग के हो अध्ययन गरेर पूर्वतयारीका साथ आउनेछौँ ।’ 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले ‘प्रेम गीत ४’ तत्काललाई रोकेर नयाँ नाम, नयाँ विषयवस्तुमा अगाडि बढ्ने सोँच रहेको बताए । ‘प्रेम गीत ४ लाई अहिले थाँती राख्छौँ होला । ४ लाई ब्रेक गरेर अलिकति नयाँ नाम, नयाँ विषयवस्तु, कन्टेन्टलाई लिएर अगाडि बढ्ने सोँच छ’, उनले भने, ‘अहिलेसम्म दिमागले सोचिरहेको जति पनि आइडिया छ, त्यसमा प्रेम गीत ४ छैन ।’ 


Advertisment
Nabil box
Kumari

यद्यपि, आउँदो फिल्म अन्तर्राष्ट्रियरूपमै प्रदर्शन लक्ष्यसहित निर्माण गर्ने बताए । अभिनेता प्रदीप खड्काले आउँदा दिनमा पनि विश्वजारमा जाने र नेपाललाई प्रतिनिधित्व गर्ने खालका फिल्म आफ्नो प्राथमिकतामा पर्ने बताए । 

Vianet communication

असोज ७ गतेदेखि नेपाल, भारतलगायतका देशमा एकसाथ प्रदर्शनमा आएको ‘प्रेम गीत ३’मा प्रदीपसँगै क्रिष्टिना गुरुङ, शिव श्रेष्ठ, मनिष राउत, सुनिल थापा, प्रेम पुरीलगायतको अभिनय छ । फिल्मले नेपालबाट १५ करोड एवं विश्व बजारबाट ३९ करोड ग्रस कलेक्सन गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x