१० असार २०८३, बुधबार

भारतीय मूलका ऋषि सुनक बेलायतको प्रधानमन्त्री

कात्तिक ७, २०७९
भारतीय मूलका ऋषि सुनक बेलायतको प्रधानमन्त्री

बेलाइतको कन्जरभेटिभ पार्टीका नेता ऋषि सुनक बेलायतको पहिलो भारतीय मूलका  प्रधानमन्त्री बन्ने भएका छन् । सत्तारुढ कञ्जरभेटिभ पार्टीको नेतामा सर्वसम्मत चयन भएसँगै उनी प्रधानमन्त्री बन्ने निश्चित भएको हो । 

प्रधानमन्त्री लिज ट्रससँग पराजित भएको  दुई महिनाभन्दा कम समयमा कन्जरभेटिभ पार्टीका तर्फबाट प्रधानमन्त्री बन्ने भएका हुन् । 

प्रधानमन्त्री भएको डेढ महिनामा लिज ट्रसले पदबाट राजीनामा दिएपछि नेता सुनको भाग्योदय भएको हो । लिज ट्रस बेलायतको इतिहासमा सबैभन्दा कम समय सेवा गर्ने प्रधानमन्त्री बनेकी छन् ।  

गत  बिहीबार उनले राजीनामा दिएपछि ऋषि सुनक र पूर्वप्रधानमन्त्री बोरिस जोनसन नयाँ प्रधानमन्त्रीको दौडमा थिए  । तर बोरिस जोनसनले आफूलाई आवश्यक समर्थन रहेको दाबी गरे पनि पछि  कन्जरभेटिभ पार्टीको नेतृत्व दौडबाट उनी बाहिरिएका थिए । 

 सुनक पूर्वी अफ्रिकाबाट बेलायतमा बसाइँ सरेका भारतीय मूलका आमाबाबुका सन्तान हुन् । उनी हिन्दु धर्मावलम्बी हुन् । 

salt training

कमेन्ट गर्नुहोस्