
बेलायतको प्रधानमन्त्री बन्ने निश्चित भएका भारतीय मुलका बेलायती राजनीतिज्ञ ऋषि सुनकको शपथ अक्टोबर २८ मा हुने भएको छ । सोमबार कन्जरभेटिभ पार्टीको संसदीय दलको नेता चयन भएसँगै सुनक प्रधानमन्त्री बन्ने निश्चित भएको हो । सुनकलाई चुनौती दिने पेनी मोरडन्टले आफ्नो नाम फिर्ता लिएसँगै उनको बाटो खुलेको हो । यसअघि पूर्वप्रधानमन्त्री बोरिस जोनसनले पनि आफ्नो नाम फिर्ता लिएका थिए ।
सुनकलाई करिब २०० सांसदको समर्थन रहेको समाचारमा उल्लेख छ । नाम फिर्ता लिने पेनीको पक्षमा करिब २६ सांसदमात्रै थिए ।
रिपोर्टअनुसार बेलायती राजा चार्ल्स सोमबार राति नै सेंटिङंगहमबाट लण्डन फर्किँदैछन् । उनी फर्केपछि लिज ट्रसले आफ्नो राजीनामा पेश गर्नेछिन् भने लगत्तै सुनक प्रधानमन्त्रीमा नियुक्त हुने बताइएको छ ।
शपथ भने अक्टोर २८ मा हुने र त्यसको भोलिपल्ट मन्त्रिपरिषद् गठन हुनेछ ।