१४ असार २०८३, आइतबार

झिलिमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर दुईको मृत्यु

कात्तिक ७, २०७९
झिलिमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर दुईको मृत्यु

दीपावलीका लागि झिलिमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर धनुषामा आज दुई जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका २२ बसबिट्टी निवासी १९ वर्षीय अमित मिश्र र जनकपुरधाम उपमहानगरपालिका–९ निवासी १४ वर्षीय शिवराज यादव रहेको प्रहरीले जनाएको छ । 

दुवै जना आफ्नै घरमा दीपावलीका लागि झिलिमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर घाइते थिए । गम्भीर घाइते मिश्र र यादवको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषामा प्रबक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्