१४ असार २०८३, आइतबार

अमेरिकाको ल्याबमा तयार भयो कोरोनाको खतरनाक भेरियन्ट, मृत्युदर ८० प्रतिशतसम्म !

कात्तिक ८, २०७९
अमेरिकाको ल्याबमा तयार भयो कोरोनाको खतरनाक भेरियन्ट, मृत्युदर ८० प्रतिशतसम्म !

विश्वका धेरै देशमा कोरोनाको नयाँ भेरियन्टलाई लिएर फैलिएको त्रासका बीच अमेरिकाको बोस्टन विश्वविद्यालयको प्रयोगशालामा गरिएको अनुसन्धानले विश्वभर हलचल मच्चाएको छ । 

बोस्टन युनिभर्सिटीको प्रयोगशालाले यस्तो कृत्रिम कोभिड– १९ भाइरस विकसित गरेको दाबी गरेको छ, जुन कोरोनाका सबै भेरियन्टभन्दा घातक छ र मृत्युदर ८० प्रतिशतसम्म छ । 

बोस्टन युनिभर्सिटीको यो अध्ययन सार्वजनिक भएलगत्तै यसलाई लिएर विवाद शुरू भएको हो ।

ल्याबमा भएको गल्तीले विश्वमा नयाँ महामारी निम्त्याउन सक्ने आलोचकहरू बताउँछन् । अमेरिकी स्वास्थ्य विभागले यस विषयमा अनुसन्धान शुरू गरेको छ । 

प्रारम्भिक अनुसन्धानमा अनुसन्धानकर्ताहरूले चीनको वुहान ल्याबबाट कोभिड-१९ को मूल स्ट्रेन ओमिक्रोनको स्पाइक प्रोटिनसँग मिसाए। ल्याबमा बनेको यो कृत्रिम भाइरसको अगाडि ओमिक्रोन कम घातक साबित भएको अध्ययनले देखाएको छ ।  

अनुसन्धानकर्ताहरूले मुसामा यो अनुसन्धान गरेका हुन् । प्रयोगशालामा बनेको भाइरसबाट संक्रमित ८० प्रतिशत मुसा मरेका छन् । 

बोस्टन युनिभर्सिटीको प्रयोगशालामा तयार पारिएको यो अनुसन्धानलाई लिएर पनि विवाद र बहस शुरू भएको छ ।

यो अनुसन्धान धेरै खतरनाक साबित हुनसक्ने वैज्ञानिकहरूको चिन्ता छ । भूलवश यो भाइरस ल्याबबाट लीक भएमा ठूलो महामारी फैलने जोखिम छ ।

salt training

कमेन्ट गर्नुहोस्