माघ १८, २०८०
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
चिनियाँ कम्युनिस्ट पार्टीको २०औं राष्ट्रिय महाधिवेशन शनिवार समाप्त भएको छ । यसले चीनको सत्तारूढ दलमा अनेकौं ऐतिहासिक परिवर्तन ल्याएको छ ।
कुल गार्हस्थ्य उत्पादनको सवालमा चीन संसारको दोस्रो ठूलो अर्थतन्त्र हो भने जनसंख्याको हिसाबमा संसारकै विशालतम देश हो । अनि चिनियाँ कम्युनिस्ट पार्टी सदस्यहरूको संख्याको सवालमा संसारकै दोस्रो सबभन्दा ठूलो दल हो । त्यसैले पार्टीको महाधिवेशनको गम्भीर असर संसारलाई पर्ने पक्का छ ।
महाधिवेशनमा के भयो भन्ने विषयमा चर्चा गर्नुअघि चीन सरकारले कसरी काम गर्छ भनी बुझ्नु जरूरी छ ।
देशको केन्द्रीय नेतृत्वलाई चिनियाँ कम्युनिस्ट पार्टीको २५ सदस्यीय पोलिटिकल ब्युरोले नेतृत्व गर्छ । पोलिटब्युरो भनिने यस समूहको केन्द्रमा सात सदस्यीय स्थायी कमिटी रहन्छ जसको नेतृत्व राष्ट्रपति सी चिनपिङले गर्छन् । उनलाई समान हैसियतका सबै नेतामध्येका प्रथम मानिन्छ ।
प्रत्येक पाँच वर्ष राष्ट्रिय कंग्रेसका २२ सयभन्दा बढी पार्टी प्रतिनिधिहरूले केन्द्रीय कमिटीका सदस्यहरूको निर्वाचन गर्छन् । केन्द्रीय कमिटीमा २०५ सदस्य हुन्छन् र लगभग १७० जना वैकल्पिक सदस्य हुन्छन् । पार्टी सदस्यहरूको यस समूहले माथि उल्लेखित स्थायी कमिटीका सदस्य छनोट गर्छन् । महाधिवेशनका बेलामा पार्टीले प्रस्ताव गरेका नीति तथा लक्ष्यको कार्यान्वयन गर्ने जिम्मेवारी यही स्थायी कमिटीको हो ।
वस्तुतः चिनियाँ कम्युनिस्ट पार्टीमा मर्यादाक्रमलाई महत्त्व दिने संरचना छ । पार्टीमा ९ करोड ६० लाख भन्दा बढी सदस्य छन् । तिनैबाट राष्ट्रिय महाधिवेशन प्रतिनिधि, केन्द्रीय कमिटी, पोलिटब्युरो, स्थायी कमिटी र अन्ततोगत्वा पार्टीका महासचिव बन्ने हुन् । चीन एकदलीय प्रणाली भएको मुलुक भएकाले चिनियाँ कम्युनिस्ट पार्टीको आन्तरिक लोकतान्त्रिक संयन्त्र नै चिनियाँ लोकतन्त्रको केन्द्रीय विन्दु हो ।
यीमध्ये सबभन्दा महत्त्वपूर्ण राष्ट्रिय महाधिवेशन हो । यो प्रत्येक पाँच वर्षमा आयोजना गरिन्छ । यसपालिको महाधिवेशनमा पार्टीले धेरै कुरामा विचार गरेको छ ।
चिनियाँ कम्युनिस्ट पार्टीको स्थापना सन् १९२१ मा भएको थियो । अर्थात्, अहिले पार्टीले १०० वर्ष पूरा गरिसकेको छ । विगत १०१ वर्षमा पार्टीले हासिल गरेको उपलब्धि तथा आगामी वर्षहरूमा पार्टीले निर्धारण गर्ने लक्ष्यका विषयमा महाधिवेशनमा छलफल भएका छन् ।
पार्टीले विगतको सिंहावलोकन गर्ने क्रममा सदस्यहरूले पहिलो शताब्दीको लक्ष्य स्याओकाङ अर्थात् सबै क्षेत्रलाई समेट्दै मध्यम स्तरको समृद्ध मुलुक बन्ने लक्ष्य चीनले सन् २०२१ मा हासिल गरिसकेको तथ्यलाई उजागर गरे ।
कोभिड महामारी तथा अमेरिकासँगको व्यापार युद्ध जस्ता गम्भीर चुनौतीका बावजूद चीनले निर्धारित समयअगावै चरम गरीबी निर्मूल गर्नका लागि अग्रणी भूमिका खेलेको भनी पार्टीले जनाएको छ ।
गरीबी निवारण तथा समृद्धि यी दुवै लक्ष्यलाई शान्तिपूर्ण विकासको सिद्धान्तले टेको दिएको छ । अर्थात्, बेइजिङले धन आर्जन गर्न तथा चिनियाँ जनताको समृद्धि सम्भव बनाउन साम्राज्यवाद वा उपनिवेशवादको सहारा लिनुपरेको छैन ।
अब भविष्यको कुरा गर्नुपर्दा राष्ट्रिय महाधिवेशनले चीनलाई सन् २०४९ सम्ममा आधुनिक समाजवादी मुलुक बनाउने लक्ष्यलाई जोड दिएको छ । जनगणतन्त्र चीन स्थापित भएको १०० वर्ष सन् २०४९ मा पुग्ने अवसरलाई सम्झनलायक बनाउनका लागि उक्त लक्ष्य निर्धारित गरिएको हो । सन् २०३५ सम्ममा समाजवादी आधुनिकीकरणको सिद्धान्त अपनाएर लक्ष्यप्राप्तिको दिशामा पार्टी अघि बढ्न खोजेको छ ।
यस सिद्धान्तलाई राष्ट्रपति सीले महाधिवेशनमा जोड दिएर उठाएका थिए । चीनको आर्थिक वृद्धिले असमानता घटाउने, साझा समृद्धि बढाउने, वातावरणीय अखण्डता कायम गर्ने र भ्रष्टाचार निर्मूल गर्ने विषयलाई ध्यानमा राख्ने उनको भनाइ छ । समाजवादी आधुनिकीकरणका स्तम्भहरू यिनै हुन् ।
राष्ट्रिय महाधिवेशनकै क्रममा चिनियाँ कम्युनिस्ट पार्टीले आफ्नो विधान संशोधन गरेको छ । त्यसमा आधुनिकीकरण, साझा समृद्धिका साथै पूर्ण प्रक्रियामा आधारित जनतन्त्रको विकासका सिद्धान्तलाई समावेश गरिएको छ ।
त्यसमा ताइवानी स्वतन्त्रताको स्पष्ट विरोध गरिएको छ भने ‘दुई स्थापना र दुई सुरक्षाउपाय’ को अवधारणालाई जोड दिइएको छ । पार्टीमा राष्ट्रपति सीको पकडलाई समर्थन गर्ने पार्टीका दुई नारा तिनै हुन् ।
शक्ति संरचनाको सवालमा महाधिवेशनपछि देखिएको नेतृत्व यही आधारमा बनेको हो । सीलाई तेस्रो कार्यकालका लागि निर्वाचित गरिएकोमा धेरैलाई आश्चर्य लागेन । पार्टीका एक व्यक्तिको शासन नचलोस् भनी तङ स्याओपिङले निर्धारण गरेको दुई कार्यकालको अवधिलाई सीले अवज्ञा गरेको भनेर चाहिँ पश्चिमी सञ्चारमाध्यमहरूले खबर दिए ।
स्थायी कमिटीमा सीका बफादारहरूलाई निर्वाचित गरिएको छ । अर्थात्, चीनका सर्वोच्च नेताका रूपमा सीको अवस्थिति पक्का बनेको छ ।
चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र ग्लोबल टाइम्सको सम्पादकीयमा उल्लेख गरिएअनुसार, २०औं राष्ट्रिय महाधिवेशनले चीनलाई बाँकी विश्वको भन्दा नितान्त भिन्न राजनीतिक चरित्र दिलाएको छ ।
अहिले संसारभरि, विशेषगरी पश्चिमी दुनियाँमा, लोकतन्त्रमाथि चुनौती तेर्सिएको छ । लोकरञ्जनवादी नेताहरूले समाजको उदारवादी मूल्यमान्यतालाई चुनौती दिन थालेका छन् । अहिले सबैतिर अनिश्चितताको माहोल छ ।
तर चीन यस समस्याबाट मुक्त छ किनकि चीनको नवनिर्वाचित पोलिटब्युरोले निरन्तरता, स्थिरता र अनुमान गर्न सकिने स्थितिको आभास दिलाएको छ ।
यससँगै बेइजिङले सोमवार प्रकाशित गरेको तेस्रो त्रैमासिकको कुल गार्हस्थ्य उत्पादन आँकडाले पनि आशाको सञ्चार गराएको छ । अघिल्लो वर्षको यही बेलाको तुलनामा चीनको आर्थिक वृद्धि ३.२ प्रतिशतले बढेको आकलन त्यसमा गरिएको छ ।
कोभिड बन्दाबन्दी तथा नियन्त्रणका बावजूद चीनको वास्तविक आर्थिक वृद्धि अमेरिकाको भन्दा दोब्बर छ अनि जर्मनीको भन्दा तेब्बर छ । अझ हामीले कोभिडअघिको समयको वृद्धिलाई तुलना गरेर हेर्ने हो भने चीनले सन् २०१९ को तुलनामा अहिले १४ प्रतिशत वृद्धि गरेको छ । यही समयमा अमेरिकाले ३ प्रतिशत वृद्धि गरेको छ भने जर्मनीको अर्थतन्त्र १ प्रतिशतले घटेको छ ।
आर्थिक वास्तविकताहरूलाई नियाल्दा स्थिरता नै बीसौं राष्ट्रिय महाधिवेशनको प्रमुख निष्कर्ष हो भन्न सकिन्छ । बेइजिङ बलियो र स्थिर छ भने पश्चिम अस्थिर र कमजोर छ । चिनियाँ कम्युनिस्ट पार्टीले ‘नयाँ युग’ का लागि बाटो खनेको छ र अब आउने पुस्ताहरू यही बाटो भएर हिँड्नेछन् ।
पश्चिमी सञ्चारमाध्यमहरूले बेइजिङको शासन प्रणालीको आलोचना गरेको भए पनि चीनले लगातार अग्रगमन गरिरहेको छ । अमेरिकाको एकध्रुवीय प्रभुत्वलाई अन्त्य गर्ने सामर्थ्य उसले हासिल गर्दै गएको छ । हालै सम्पन्न चिनियाँ कम्युनिस्ट पार्टीको शीर्ष बैठकले यसको उम्दा उदाहरण प्रस्तुत गरेको छ ।
आरटीमा प्रकाशित ब्राड्ली ब्ल्यांकेनशिपको विश्लेषण लोकान्तरका लागि विन्देशदहालले अनुवाद गरेका हुन् ।
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...