![यस्ताे देखियाे बालगोपालेश्वरमा भाइटीका [फोटोफिचर]](https://lktcdn2.prixacdn.net/media/balgopal_mandir_baner_U8UNE3x7Pa.jpg)
काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा भाइटीका जारी छ । बिहीवार बिहानैदेखि बालगोपालेश्वर मन्दिरमा दिदी–बहिनी नहुनेहरूलाई भाइटीका लगाउन शुरु गरिएको हो । दिदी–बहिनी नहुनेका लागि वर्षमा आज एकदिन मात्रै बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन रहेको छ ।
बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ । दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गर्ने र टीका लगाउने गर्दछन् । तिहारको पाँचौँ दिन आज भाइटीका दिदीबहिनीहरूले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पाअनुसार सप्तरंगी टीका लगाइदिने गर्दछन् ।








