२६ जेठ २०८३, मंगलबार

बन्द होटलमा एकाएक आगलागी

कात्तिक १०, २०७९
बन्द होटलमा एकाएक आगलागी

हेटौँडाको बसपार्क नजिकको एक होटलमा बिहीबार दिउँसो एकाएक आगलागी भएको छ । तिहारका बेला होटल मालिक होटल बन्द गरी अन्यत्र गएका बेला अचानक आगलागी भएको हो । सो क्रममा एकपछि अर्कोगरी पाँच वटा ग्यास सिलिन्डर बिस्फोट भएको प्रहरीले जनाएको छ ।  

घटनापछि हेटौँडा उपमहानगरपालिकाको दुई वटा दमकलले एक घण्टापछि आगलागी नियन्त्रणमा लिएको थियो ।  आगलागीबाट तरकारीको थोक बजारमा केही क्षति पुगेको छ । 

प्रहरीले आगलागीबाट मानवीय क्षति नभएको र होटलमा पूर्णरूपमा क्षति पुगेको तथा भौतिक क्षतिको विवरण आई नसकेको जानकारी दिएको छ ।

होटेल मालिक मीना साहले गरगहना र नगदसहित करिब रु २० लाखको क्षति भएको बताइन् । प्रहरीले विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्