०३ साउन २०८३, आइतबार

देउवाविरुद्ध चुनाव लड्न गएका ढकालले जोडे डडेलधुरामा नाता

कात्तिक १०, २०७९
देउवाविरुद्ध चुनाव लड्न गएका ढकालले जोडे डडेलधुरामा नाता

कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध प्रतिनिधिसभामा उम्मेदवारी दिएका सागर ढकालले डडेलधुरामै तिहार मनाएका छन् ।  उनले गुल्मीको ढकाल परिवारसँग धामी परिवारको बिहीबारदेखि नाता जोडिएको उल्लेख गरेका छन् । 

‘गुल्मीको ढकाल र डडेल्धुराको धामी परिवारको सम्बन्ध आजबाट जोडिएको छ’, ट्वीटरमा भाइटीकाको तस्बिरसहित उनले लेखेका छन्, ‘हाम्रो संस्कृति धेरै नै  धनी छ। डडेल्धुरामा दिदी–बहिनीहरु, दाजु–भाइहरु  बनाउन पाउँदा निकै नै हर्षित छु।’

विगत करिब ४ महिनादेखि चुनावी अभियानका क्रममा डडेलधुरामै रहेका सागरले आफ्नो दशैँ, तिहार, गौरा, तीज सबै डडेलधुरामै भएको उल्लेख गरेका छन् ।  

salt training

कमेन्ट गर्नुहोस्