२५ जेठ २०८३, सोमबार

भाइरल भयो आलियाले शेयर गरेको रणवीरको यो भिडियो [भिडियोसहित]

कात्तिक ११, २०७९
भाइरल भयो आलियाले शेयर गरेको रणवीरको यो भिडियो [भिडियोसहित]

आलिया भट्ट र रणबीर कपूरको हिट फिल्म 'ब्रह्मास्त्र' ओटीटी प्लेटफर्ममा रिलिजको तयारीमा रहेको छ ।   

आलिया यतिखेर यही चलचित्रको प्रोमोशनमा खटिएकी छन । 

उनले आफ्नो सामाजिक सञ्जालमा एक रमाइलो भिडियो शेयर गरेकी छन् ।   

जसमा रणवीर कहिल्यै अन्त्य नहुने प्रमोशन र मागहरूबाट निराश देख्न सकिन्छ।  

अभिनेत्री भट्टले भिडियो शेयर गरेदेखि नै भाइरल भइरहेको छ । 

दीपिका पादुकोण, रणवीर सिंह, अर्जुन कपूर, र अन्य धेरै  धेरै सेलिब्रेटीहरूले समेत सो भिडियोमा प्रतिक्रिया दिएका छन्।

 कसले के लेखे ? 

चलचित्र नोभेम्बर ४ गतेबाट डिज्नी प्लस हटस्टारमा स्ट्रिमिङ शुरू हुने तयारीमा छ ।

‘ब्रह्मास्त्र’ मा रणवीर कपुर र आलिया भट्ट बाहेक अमिताभ बच्चन, नागार्जुन र मौनी रोय जस्ता कलाकारहरूले पनि मुख्य भूमिकामा अभिनय गरेका थिए। फिल्मलाई ‘ये जवानी है दिवानी’ फिल्म निर्माता अयान मुखर्जीले निर्देशन गरेका हुन् ।

फिल्ममा बलिउड सुपरस्टार शाहरुख खानको पनि क्यामियो थियो, जसलाई दर्शकले सर्वसम्मतिले मन पराएका थिए।

सेप्टेम्बर ९ मा रिलिज भएको यो फिल्मले बक्स अफिसमा धमाधम ब्लकबस्टर साबित भयो ।

salt training

कमेन्ट गर्नुहोस्