सिद्धार्थ मल्होत्रा र अजय देवगन अभिनित बलिउड चलचित्र 'थ्याङ्क गड' सिनेमा हलमा रिलिज भएसँगै राम्रो प्रतिक्रिया पाएको छ ।
यद्यपी मंगलवारबाट भने यस चलचित्रले मिश्रित प्रतिक्रिया पाएको थियो ।
चलचित्रले पछिल्ला दिनमा भने दर्शकको मन जित्न नसकेको विश्लेषण हुन थालेको छ ।
चलचित्रले दोस्रो दिन टिकटबाट ६ करोड कलेक्सन गर्न सफल भएको छ भने दुई दिनको कुल कमाई १४ करोड १० लाख पुगेको छ ।
भारतका ट्रेड एनालिस्ट तथा चलचित्र विश्लेषक तरण आदर्शले आफ्नो सोशल मिडिया खातामा चलचित्रको बक्स अफिसको कमाइ शेयर गरेका छन् ।
उनका अनुसार मंगलवार ८.१० करोड रुपैयाँ कमाएकोमा चलचित्रले बुधवार ६ करोडमात्रै कमाएको हो ।
बलिउड सुपरस्टार अक्षय कुमारको मुख्य भूमिका रहेको चलचित्र ‘राम सेतु’ सँगको टक्कर चलचित्रको बक्स अफिस कम हुनुको एउटा कारण हुन सक्ने विश्लेषण गरिएको छ।
'थ्याङ्क गड' मा सिद्धार्थ र अजय बाहेक रकुल प्रीत सिंह पनि मुख्य भूमिकामा छन्।
अक्टोबर २५ मा रिलिज भएको चलचित्रलाई चर्चित चलचित्र निर्माता इन्द्र कुमारले निर्देशन गरेका हुन् ।