
अमेरिकी कांग्रेसकी सभामुख न्यान्सी पेलोसीका श्रीमानमाथि आक्रमण भएको छ । लिफोर्नियामा पेलोसीको घरमा पसेर एक आक्रमणकारीले पल पेलोसीलाई कुटपिट गरेको समाचारमा जनाइएको छ ।
पेलोसीको कार्यालयले पल पेलोसीमाथि शुक्रबार आक्रमण भएको जनाएको छ । आक्रमणकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आक्रमणको कारण के थियो भन्ने अनुसन्धान भइरहेको स्थनीय प्रहरीले जनाएको छ ।