११ असार २०८३, बिहीबार

विष्फोटमा घाइते भएका बालबालिकाको उद्धारमा हेलिकप्टर प्रयोग गर्न निर्देशन

कात्तिक १२, २०७९
विष्फोटमा घाइते भएका बालबालिकाको उद्धारमा हेलिकप्टर प्रयोग गर्न निर्देशन

गृहमन्त्री बालकृष्ण खाणले कालिकोटको तिलागुफा नगरपालिका १० रानावाडामा विष्फोटक वस्तु पड्किदा गम्भीर घाइते भएकाहरू बालबालिकाको उद्धारका लागि घटनास्थलमा हेलिकप्टर पठाउन गृह प्रशासनलाई निर्देशन दिएका छन् । 

गृहमन्त्री खाणको निर्देशनपछि सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर कालिकोट पुगेर अवतरण गरिसकेको कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिए । नागरिकको जीवन रक्षा राज्यको पहिलो दायित्व भएकाले त्यसका कुनै कसुर बाँकी नराख्न गृहमन्त्री खाणले गृह प्रशासनलाई भनेका छन् । 

विष्फोटक पदार्थ विष्फोट हुँदा एक जनाको उपचारका क्रममा मृत्यु भएको र चार जना गम्भीर घाइते भएका जिल्ला प्रशासन कार्यालयले जनाएको छ । तिलागुफा १० कि ४ वर्षकी झरना थापाको उपचारका क्रममा मृत्यु भएको प्रजिअ शर्माले बताए । 

घटनामा सोही ठाउकै ७ वर्षका कमल थापा, ५ वर्षका मुस्कान थापा, ३ वर्षकी सपना थापा तथा ४ वर्षकी सरस्वती राना गम्भीर घाइते भएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्