०७ असार २०८३, आइतबार

नयाँ सरकार गठन भएकोमा महासचिव गुटरेसद्वारा स्वागत

कात्तिक १२, २०७९
नयाँ सरकार गठन भएकोमा महासचिव गुटरेसद्वारा स्वागत

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले इराकमा नयाँ सरकार गठन भएकामा त्यसको स्वागत गरेका छन् ।

२१ सदस्यीय मन्त्रिपरिषद्मा ३ जना महिला नियुक्त भएकोमा त्यसको पनि उनले स्वागत गरेका महासचिवका प्रवक्ताले बताएका छन् । 

महासचिव गुटरेसले नयाँ सरकारलाई सुधार, जवाफदेही र समुज्ज्वल भविष्यका लामो समयदेखि इराकी जनताले गरेका अपेक्षा पूरा गर्न आग्रह गरेको बताउँदै प्रवक्ता स्टेफेन डृुजारिकले नवगठित सरकार र इराकी जनतालाई सहयोग गर्न राष्ट्रसंघ पूर्ण प्रतिबद्ध रहेको महासचिवले बताएका जनाएका छन् । 

कमेन्ट गर्नुहोस्