१० असार २०८३, बुधबार

धार्मिक होइन, विकासका मुद्दामा बहस गरौं : इश्तियाक राई

कात्तिक १२, २०७९
धार्मिक होइन, विकासका मुद्दामा बहस गरौं : इश्तियाक राई

जनता समाजवादी पार्टीका नेता तथा बाँके क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले जनताको साथ र विकास नछोड्ने नेतालाई मतदान गर्न अपिल गरेका छन्। 
क्षेत्र नं २ अन्तर्गत पर्ने डुडुवा तथा नेपालगन्ज क्षेत्रमा चुनावी घरदैलो कार्यक्रमका बेला मतदाताहरूलाई सम्बोधन गर्दै उनले यसअघिका कामहरूको आधारमा मतदान गर्न भनेका हुन्। 

‘मैले यसकारण तपाईंहरूसँग भोट मागिरहेको छु कि यसअघि पनि मैले यहाँ गरेका बाचाहरूअनुसार काम गर्ने प्रयास गरें। कति गरें त्यो तपाईंहरू नै साक्षी हुनुहुन्छ’ उनले भने ‘अझै काम गर्न बाँकी छ र ती कामहरू मैले अवश्य पूरा गर्नेछु त्यसका लागि फेरि एकपटक मलाई तपाईंहरूको साथ चाहिएको छ।’

उम्मेदवार राईले धार्मिक मुद्दा उठाएर अनि मिलेर बसेको समुदायलाई फेरि विथोल्नका लागि विपक्षीहरू लागिपरेको भन्दै त्यस्ता षड्यन्त्रहरूप्रति सचेत रहन पनि आम मतदातालाई आग्रह गरे।
‘हामी विकासका मुद्दामा बहस गरौं भनिरहेछौं। के के काम गर्ने भनेर त्यसमा प्रतिष्पर्धा गर्न खोजिरहेका छौं’ उनले भने ‘तर केही उम्मेदवारहरू तपाईंकै घरदैलोमा आउँछन् र मात्रै धर्मको ठेकेदारी देखाउँछन्। त्यस्ताहरूबाट सचेत हुनुपर्छ। अब धार्मिक र सामाजिक सद्भाव खलबल्याएर भोट पाइनेपवाला छैन।’

राईले कुनै पनि हालतमा आफ्नो क्षेत्रमा सामाजिक र साम्प्रदायिक सद्भाव भड्किन नदिने पनि प्रतिवद्धता जनाए। 
 

salt training

कमेन्ट गर्नुहोस्