२९ जेठ २०८३, शुक्रबार

स्वतन्त्र पार्टीका प्रवक्ताको आक्रोश : जति रोक, परिवर्तनको घण्टी बजाउँछौँ

कात्तिक १२, २०७९
स्वतन्त्र पार्टीका प्रवक्ताको आक्रोश : जति रोक, परिवर्तनको घण्टी बजाउँछौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता डा मुकुल ढकालले ललितपुर क्षेत्र नम्बर ३ मा पार्टीका उम्मेदवार डा तोसिमा कार्कीको उम्मेदवारी खारेजी भएको विषयमा आक्रोश पोखेका छन् । निर्वाचन आयोगले कार्कीले सरकारी लाभको पद लिएको ठहर गर्दै उम्मेदवारी खारेजी गर्ने निर्णय गरेको थियो । 

सो निर्णयप्रति आक्रोश पोख्दै उनले अझै पनि प्रतिनिधिसभाको प्रत्यक्षतर्फ पार्टीको १३१ र समानुपातिकतर्फ उम्मेदवार रहेको उल्लेख गर्दै  परिवर्तनको घण्टी बजाइ छाड्ने उद्घोष गरेका छन् । 
‘सरकारी पैसामा हेलिकप्टरमा भटट सवारी गर्दाचैँ लाभ लिएको नहुने, तर सामान्य बैठक भत्ता लिँदा चै लाभ लिएको हुने ? अदालतले निर्वाचन आयोगको निर्णय सही वा गलत भन्ला नै, तर १३०(३१) उम्मेदवार अझै छन् हामीसँग , समानुपातिकdf अझै छौँ हामी । जति रोक, जति टोक, तर यो पटक परिवर्तनको घण्टी बजाउँछौँ, बजाउँछौँ’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन् । 

कमेन्ट गर्नुहोस्