
दक्षिण कोरियाको राजधानी सौलस्थित इटाएवनमा शनिवार राति १५० भन्दा बढीको ज्यान जाने गरी भएको त्रासदीको अर्को कारुणिक पक्ष उजागर भएको छ ।
हालोवीनको उत्सव मनाउन आएका अनेकौं व्यक्तिको मृत्यु हृदयघातका कारण भएको हो ।
ह्यामिल्टन होटल नजिक एउटा साँघुरो गल्लीमा विशाल भीडले धकेल्न थालेपछि किचिएर मानिसहरूको ज्यान गएको थियो ।
त्यसक्रममा ८१ जनाले सास फेर्न गाह्रो भएको गुनासो गरेका थिए । सास फेर्न नसकेर उनीहरूलाई हृदयघात भएको हो ।
प्रहरीका अनुसार, दर्जनौं मानिसलाई सडकमै मुखबाट सास दिने काम सीपीआर गरिएको थियो । अन्यलाई अस्पताल लगिएको थियो ।
इटाएवनमा मारिएका मानिसहरूलाई संसारभरिबाट श्रद्धाञ्जलि व्यक्त गरिएको छ ।
🙏GOD, Please Be with them
— $andeep Kapali (SaNa) (@imsk_05) October 30, 2022
😢😢#CardiacArrest #Seoul #SeoulStampede pic.twitter.com/nuUygAJo5a