१५ असार २०८३, सोमबार

चुनावी भाषण गर्दागर्दै शशांक बेहोस, चितवनमा उपचार हुँदै

कात्तिक १३, २०७९
चुनावी भाषण गर्दागर्दै शशांक बेहोस, चितवनमा उपचार हुँदै

नेपाली कांग्रेसका नेता शंशाक कोइराला चुनावी कार्यक्रममा सहभागी हुँदै गर्दा बेहोस भएका छन् । भरतपुरस्थित चितवन मेडिकल कलेजमा शशांकको उपचार भइरहेको उनका सहयोगी भरत तिवारीले जानकारी दिए ।

‘चुनावी भाषण गर्दै गर्दा उहाँ बेहोस हुनुभयो । चितवन मेडिकल कलेजमा उहाँको उपचार भइरहेको छ । अहिले अवस्था सामान्य छ’, तिवारीले भने । 

कोइराला नवलपुरको अमरापुरीमा सोमबार आयोजित चुनावी कार्यक्रममा सहभागी हुन पुगेका थिए । मंसिर ४ को चुनावका लागि कोइराला नवलपुर क्षेत्र नम्बर–१ मा सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार छन् ।

अस्पतालमा एमआरई र सीटी स्क्यान गरिएको तर, कुनै समस्या नदेखिएको तिवारीले बताए । ‘पहिले पनि उहाँलाई यस्तो भइरहन्थ्यो, २–३ पटक भइसकेको छ । अहिले चाहिँ ब्लड सर्कुलेशनमा सामान्य समस्या भएको जस्तो देखियो । केहीबेरमा डिश्चार्ज भएर जान्छौँ’, तिवारीले भने । 

salt training

कमेन्ट गर्नुहोस्