
दक्षिण अफ्रिकाले भारतलाई पाँच विकेटले हराउँदै टी–२० वर्ल्ड कपमा जितको लय जारी राखेको छ । भारतले दक्षिण अफ्रिकालाई १३४ रनको लक्ष्य दिएको थियो । अफ्रिकी टीमले २ बल बाँकी रहँदा लक्ष्य हासिल गर्यो ।
खेलमा टेबिड मिलर ४६ बलमा ५९ रन बनाएर नटआउट रहे । उनले चार चौका र तीन छक्का समेत बनाए । जितसँगै दक्षिण अफ्रिका शीर्ष स्थानमा पुगेको छ ।