१२ असार २०८३, शुक्रबार

मतदाता शिक्षाका लागि महिला स्वयंसेविकालाई परिचालन गरिँदै

कात्तिक १४, २०७९
मतदाता शिक्षाका लागि महिला स्वयंसेविकालाई परिचालन गरिँदै

जिल्ला निर्वाचन कार्यालय रसुवाले आसन्न निर्वाचनको मतदाता शिक्षाका लागि महिला स्वयंसेविकालाई परिचालन गर्ने भएको छ । यसका लागि कार्यालयले उनीहरूलाई सोमवारदेखि प्रशिक्षण कार्यक्रमसमेत तय गरेको छ ।

जिल्ला निर्वाचन अधिकारी श्रीराम थापाले जिल्लाका पाँचवटै गाउँपालिकाका २७ वडाका महिला स्वयंसेविका मार्फत् मतदाता शिक्षा प्रदान गर्न लागिएको जानकारी दिए । पहिलो चरणमा सम्बन्धित गाउँपालिकाको तोकिएको अधिकृतलाई प्रशिक्षण दिई प्रशिक्षक तयार गरिने र उहाँहरुमार्फत महिला स्वयंसेविकालाई प्रशिक्षण दिने कार्यक्रम रहेको जनाइएको छ ।

सत्ताइस वडामा परिचालन हुने ती महिला स्वयमंसेविकाले प्रत्येक गाउँ टोलमा पुगी मतदानको महत्व, मतपत्रको सदुपयोगजस्ता विषयमा मतदातालाई जानकारी  दिनेछन् । प्रतिनिधि सभा सदस्य  एक र प्रदेश सभा सदस्य दुई रहेको जिल्लामा ३९ हजार चार सय ५९ मतदाता छन् । मतदानका लागि ५२  केन्द्र तय भएको निर्वाचन कार्यालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्