२८ असार २०८३, आइतबार

राजनीतिक दलले सभा गर्दा १० वटासम्म राष्ट्रिय झण्डा प्रयोग गर्नसक्ने

कात्तिक १४, २०७९
राजनीतिक दलले सभा गर्दा १० वटासम्म राष्ट्रिय झण्डा प्रयोग गर्नसक्ने

निर्वाचन आयोगले राजनीतिक दलले कुनै सभा वा कार्यक्रममा बढीमा १० वटासम्म राष्ट्रिय झण्डा प्रयोग गर्नसक्ने आचारसंहिताको प्रावधान स्मरण गराएको छ । सोमवार विज्ञप्ति जारी गर्दै आयोगले उक्त संख्याभन्दा बढी राष्ट्रिय झण्डाको प्रयोग आचारसंहिताविपरीत हुने स्मरण गराएको हो । 

आयोगले कात्तिक १७ गतेदेखि मात्रै राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन प्रचारको काम शुरु गर्नेपर्ने पनि उल्लेख गरेको छ । कात्तिक १७ देखि मंसिर १ गतेसम्म राजनीतिक दल तथा उम्मेदवारले सभा, जुलुस, विद्युतीय माध्यमबाट प्रचार प्रसारको काम गर्नसक्ने आयोगले जानकारी दिएको छ । 

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा आचारसंहिता बमोजिम निर्वाचन प्रचार-प्रसारका लागि आमसभा, कोणसभा गर्दा मञ्चको तयारीको लागि लागेको खर्चको विवरण सम्बन्धित उम्मेदवारले आफै वा प्रतिनिधिमार्फत मतदान सम्पन्न भएको १५ दिनभित्र निर्वाचन कार्यालयमा पेश गर्न भनिएको छ । 

त्यस्तै, निर्वाचन प्रचारका क्रममा कुनै पनि धर्मको नाममा प्रचार–प्रसार गर्न गराउन नहुने, उम्मेदवार तथा निजको परिवारलाई कुनै तवरबाट डर, त्रास तथा धम्की दिन नहुने र कुनै साम्प्रदायिक विद्वेष फैलाउने गरी प्रचार–प्रसार गर्न वा मत माग्न नहुने आचारसंहिताको व्यवस्था पनि आयोगले स्मरण गराएको छ । 

salt training

कमेन्ट गर्नुहोस्