काठमाडौं, २४ साउन– सोमबार राति चन्द्र ग्रहण लाग्यो । नेपालबाट समेत चन्द्र ग्रहण अवलोकन गर्न सकिन्थ्यो । कतिपयले चन्द्र ग्रहण अवलोकन पनि गरेका होलान् । धेरै जना त ग्रहण लागेका बेला मस्ता निद्रामा हुनुहुन्थ्यो । चन्द्र ग्रहण हेर्न छुटेका महानुभावका लागि हामीले हिजो राति लागेको चन्द्र ग्रहणका दृश्य यहाँ समावेश गरेका छौं ।
संशारका विभिन्न ठाउँबाट फोटो पत्रकारहरुले आफ्नो क्यामेरामा कैद गरेका चन्द्र ग्रहणका तस्वीर यहाँ उल्लख छन्,

चन्द्र ग्रहणको यो दृश्य केन्याको नाइरोबीबाट देखिएको हो ।

ग्रहण लागेका बेला टर्कीको अंकाराबाट देखिएको चन्द्रमा । चन्द्रमा पृथ्वीको कुनै भागको छाया जस्तो दृश्य देख्न सकिन्छ ।

एकै समयमा देखिएको चन्द्र ग्रहणका फरक दृश्य । यो तस्वीर जेरुसेलमको बेथलेहम सहरको पश्चिमी भागबाट लिइएको हो ।
तस्वीरहरुः रासस, एएफपी, एपी, सिन्ह्वा