
काठमाडौं, २४ साउन – पशुपतिप्रसाद 'भष्मे डन'को भूमिका चर्चामा आएका अभिनेता विपिन कार्कीले अभिनय गरेको पप गीतको भिडियो सार्वजनिक भएको छ ।
पुरानो समय झल्काउन खोजिएको ‘फनफनी’ बोलको उक्त गीतमा विपिन कार्की र विनिता लगुनलाई फिचरिङमा देखाइएको छ । गीतको भिडियोमा एक सोझो युवाले आफ्नी प्रेमिकालाई पाउन गरिएको कथालाई देखाउन खोजिएको छ ।
गीतमा गनेश सेन्चुरीको स्वर, शब्द र संगीत रहेको छ । गीतको भिडियोलाई प्रशान्त रसाइलीले निर्देशन गरेका छन् ।