०५ साउन २०८३, मंगलबार

निःशुल्क स्वास्थ्य उपचार दिने एकीकृत समाजवादीको प्रतिबद्धता

कात्तिक १४, २०७९
निःशुल्क स्वास्थ्य उपचार दिने एकीकृत समाजवादीको प्रतिबद्धता

नेकपा (एकीकृत समाजवादी) ‘निःशुल्क स्वास्थ्य उपचार, जनताको मौलिक अधिकार’ भन्ने नारासहितको घोषणा पत्र सार्वजनिक गरेको छ । आम जनतालाई आधारभूत स्वास्थ्य उपचार निःशुल्क उपलब्ध गराउन बजेटको पहिलो प्राथमिकतामा स्वास्थ्य सेवालाई राख्ने नेकपा एसको घोषणा पत्रमा उल्लेख छ ।

‘प्रत्येक प्रदेश सदरमुकाममा डायोग्नोसिस केन्द्र, ट्रमा सेन्टर, अप्रेसन थिएटर, आईसीयु तथा भेन्टिलेटर सेन्टरहरूसहितका सुविधासम्पन्न एक हजार शैयाको अस्पताल प्रत्येक गाउँपालिकाको केन्द्रमा कम्तीमा २५ तथा नगरपालिकाको केन्द्रमा कम्तीमा १०० शैयाका सुविधासम्पन्न अस्पताल स्थापना र सञ्चालन गर्न पहल गरिने छ’, घोषणा पत्रमा उल्लेख छ । 

त्यसैगरी, प्रत्येक पालिकामा एमडिजिपीलगायत विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य सेवा उपलब्ध गराउन पहल गरिने एकीकृत समाजवादीको प्रतिबद्धता छ । 

क्यान्सर, मुटुरोग, मिर्गाैला रोग, मधुमेह, उच्च रक्तचाप आदि घातक रोगका औषधि र स्वास्थ्य जाँच निःशुल्क उपलब्ध गराउन र क्यान्सर, मुटु, मृगौला, कलेजोको रोगलगायत जटिल र दीर्घ रोग लागेका बिरामीलाई उपचार र औषधि खर्चवापत मासिक पाँच हजार सहयोग उपलब्ध गराउन पहल गरिने प्रतिबद्धता घोषणा–पत्रमा गरिएको छ ।

‘मुटु, मृगौला, कलेजो, फोक्सो र टाउकोको जटिल शल्यक्रियाहरू सरकारका तर्फबाट गर्ने व्यवस्था मिलाउन र मिर्गौला रोगीका लागि डायलोसिस तथा प्रत्यारोपण सेवा निःशुल्क गर्न पहल गरिने छ । सबै नागरिकलाई सहजरूपमा अनिवार्य स्वास्थ्य बीमामा आबद्ध गर्ने, गरिबीको रेखामुनि रहेका जनताका लागि बीमा रकमको ५० प्रतिशत रकम सरकारले भुक्तानी गरिदिने, १५ वर्षमुनिका बालबालिका तथा ६५ वर्षमाथिका ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, असहाय र विपन्नलाई निःशुल्क परीक्षण र उपचारको स्वास्थ्य सेवा उपलब्ध गराउन पहल गरिने छ’, घोषणा पत्रमा भनिएको छ । 

त्यसैगरी, नेपालमा पाइने जीवनबुटीलगायतका जडीबुटी तथा औषधिजन्य पदार्थको सम्बद्र्धन गरी औषधि उत्पादन गर्न जोड दिइने एकीकृत समाजवादीले प्रतिवद्धता व्यक्त गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्