०५ असार २०८३, शुक्रबार

कलंकीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कात्तिक २०, २०७४
कलंकीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
काठमाडौँ, २४ साउन - कलंकी मन्दिर अगाडि भएको सडक दुर्घटनामा नुवाकोटका २२ वर्षीय अभिषेक घिमिरेको मृत्यु भएको छ ।

आज बिहान करिब ६ः४५ बजे बा ४ ख २७१३ नं को यात्रुबाहक बसले घिमिरेले चलाएको बा ६३ प ३५३४ नं को मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका घिमिरेको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

बस चालकलाई प्रहरीले पक्राउ गरी सवारीसाधन नियन्त्रणमा लिएको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्