११ असार २०८३, बिहीबार

तनहुँ जलविद्युत् आयोजनाको सुरुङ निर्माण कार्य शुरू

कात्तिक १४, २०७९
तनहुँ जलविद्युत् आयोजनाको सुरुङ निर्माण कार्य शुरू
प्रतिकात्मक तस्वीर

तनहुँ जिल्लाको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको सुरुङ खन्ने कार्य अघि बढाइएको छ । 

१ हजार ४५० मिटर लामो पानी ल्याउने सुरुङ खन्नुपर्ने भएकाले हालसम्म ३५० मिटर खन्ने कार्य सम्पन्न भएको छ ।

निर्धारित समयमा सम्पन्न गर्ने उद्देश्यले तनहुँ जलविद्युत् आयोजनाको काम तीव्ररूपमा भइरहेको आयोजनाका निमित्त प्रमुख राजभाई शिल्पाकारले जानकारी दिए । हाल आयोजनाको प्याकेज १ अन्तर्गत डाइभर्सन टनेल (पानी फर्काउने सुरुङ) को काम भइरहेको छ । प्याकेजको ठेक्का सोङ दा–कालिका जेभीले पाएको उनले बताए ।

प्याकेज २ अन्तर्गतको विद्युत्गृह खन्ने काम सकिएको छ । आयोजना निमित्त प्रमुख शिल्पकारका अनुसार पानी फाल्ने काम पनि सम्पन्न भएको छ ।

आयोजनाको प्याकेज २ अन्तर्गत सुरुङ, विद्युत् गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायत कामको जिम्मेवारी सिनो हाइड्रोपावर लिमिटेडले पाएको छ । 

सिनो हाइड्रोपावर लिमिटेडले ८९ मिटर लम्बाइ, २२ मिटर चौडाइ र ५१ मिटर उचाइ भएको भूमिगत विद्यृत् गृहको सुरुङ खन्ने काम सकेको आयोजनाले जनाएको छ । विद्युत् गृहको सुरुङ खन्ने काम सन् २०२० अगस्तदेखि शुरू भएको हो । अब सुरुङभित्र पूर्वाधार निर्माणको काम पनि शुरू भइसकेको छ ।

आयोजनाको प्याकेज २ अन्तर्गत सर्च ट्रयाक जाने पहुँच सुरुङ खन्ने काम पनि सम्पन्न भइसकेको छ । 

सिनो हाइड्रो कम्पनीले ४३७ दशमलव १ मिटर लामो सुरुङ खन्ने काम सम्पन्न गरेको गरेको छ । २८० दशमलव ८५ मिटर लामो मुख्य पहुँच सुरुङ र बाँधस्थल जाने ३१४ मिटर लामो पहुँच सुरुङ निर्माण कार्य यसअघि नै सम्पन्न भइसकेको छ । प्याकेज ३ अन्तर्गत प्रसारण लाइन निर्माणका लागि २५ वटा टावर निर्माण सम्पन्न भएको छ । हालसम्म ४८ वटा फाउन्डेसनको कार्य सम्पन्न भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्