०५ साउन २०८३, मंगलबार

तोकिएको मितिमा नआउने भयो प्रभासको 'आदिपुरुष', अब कहिले आउला ?

कात्तिक १५, २०७९
तोकिएको मितिमा नआउने भयो प्रभासको 'आदिपुरुष', अब कहिले आउला ?

साउथ सुपरस्टार प्रभास, कृति सेनन र सैफ अली खानको बहुप्रतीक्षित फिल्म 'आदिपुरुष'को रिलिज मिति परिवर्तन गरिएको छ । 

यसअघि यो चलचित्र १२ जनवरीमा रिलिज हुने तय भएपनि अहिले निर्माण पक्षले चलचित्र स्थगित गर्ने निर्णय गरेको हो । 

समाचारका अनुसार बक्स अफिसको टक्करबाट बच्न निर्माताले यो निर्णय लिएका हुन् ।

मकर संक्रान्तिको अवसरमा साउथका धेरै ठूला फिल्म रिलिज भइरहेका छन् । जसमा चिरञ्जीवीको वाल्टेयर वीरैया, नन्दमुरी बालकृष्णको वीर सिम्हा रेड्डी, मामुट्टीको एजेन्ट र थालापथी विजयको फिल्म वारिसु रिलिज हुनेछन्।

यी सबै ठूला चलचित्रका बीचमा आदिपुरुषले साउथमा खासै पर्दा नपाएका कारण निर्माताले चलचित्रको रिलिज मिति परिवर्तन गरेको बताइएको छ । 

मिडिया रिपोर्टका अनुसार अब फिल्म आगामी गर्मी सिजनमा रिलिज हुने भएको छ । 

फिल्मको नयाँ रिलिज मितिबारे निर्माण पक्षले अहिलेसम्म कुनै आधिकारिक जानकारी नदिए पनि निर्माण पक्षले छिट्टै फिल्मको नयाँ रिलिज मिति तय गर्ने बताइएको छ  ।  
 

salt training

कमेन्ट गर्नुहोस्