०६ असार २०८३, शनिबार

अनमोलको ‘छड्के–२’को प्रदर्शन मिति घोषणा, ‘छक्का पञ्जा–४’सँग भिड्ने

कात्तिक १५, २०७९
अनमोलको ‘छड्के–२’को प्रदर्शन मिति घोषणा, ‘छक्का पञ्जा–४’सँग भिड्ने

अनमोल केसी अभिनित चलचित्र ‘छड्के–२’ले प्रदर्शन मिति घोषणा गरेको छ । 

चलचित्र आगामी फागुन १९ गतेदेखि प्रदर्शनमा आउने भएको हो । 

यस मितिमा दीपकराज गिरी र दीपाश्री निरौलाको ‘छक्का पञ्जा–४’ पनि प्रदर्शनमा आउँदैछ ।

त्यस्तै, सुरज पाण्डे निर्देशित ‘परस्त्री’, लक्ष्मण सुनार निर्देशित ‘बुलाकी’ र मिलन चाम्स निर्देशित ‘वर एण्ड बधु’ले पनि फागुन १९ लाई यसअघि नै प्रदर्शन मिति तोकिसकेका छन् । 

भोलिका दिनमा प्रदर्शन मिति पोष्टपोण्ड नभए एकै दिनमा ५ चलचित्र प्रदर्शन हुने देखिएको छ । 

‘छड्के–२’को निर्माण टिमले मंगलवार पोष्टर सार्वजनिक गर्दै फागुन १९ गतेका लागि प्रदर्शन मिति घोषणा गरेको हो । 

निगम श्रेष्ठको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र ग्याङस्टारको कथामा निर्माण भएको हो ।

सार्वजनिक पोष्टरमा अनमोल ग्याङस्टारको लु्क्समा देखिएका छन् । 

प्रशान्त गिरी र देवकुमार श्रेष्ठको निर्माता रहेको चलचित्रको कार्यकारी निर्मातामा निर्भाना फिल्म स्कूल र लक्ष्मण काफ्ले रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्