
क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको बलात्कारसम्बन्धी मुद्दामा बिहीबार पनि थुनछेक बहस हुने भएको छ । जिल्ला अदालत काठमाडौंमा लामिछानेविरुद्ध परेको मुद्दामा बुधवारदेखि सुरु भएको थुनछेक बहस बिहीबार पनि जारी रहने भएको हो ।
बुधबार न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा लामिछानेविरुद्ध थुनछेक बहस प्रारम्भ भएपनि सुनुवाइ नभ्याएकाले हेर्दाहेर्दैमा बिहीवारका लागि राखिएको हो ।
सरकारी वकिल कार्यालयले लामिछानेविरुद्ध १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा कात्तिक १४ गते मुद्दा दायर गरेको थियो ।
सरकारी वकिल कार्यालयले दर्ता गरेको मुद्दामा लामिछानेलाई १० देखि १२ वर्षसम्म कैद सजाय हुनुपर्ने माग गरिएको छ ।