२२ जेठ २०८३, शुक्रबार

'कान्तारा'को आक्रामक व्यापार शृङ्खला, कुन दिन कति कमायो ?

कात्तिक १७, २०७९
'कान्तारा'को आक्रामक व्यापार शृङ्खला, कुन दिन कति कमायो ?

हलमा रिलिज भएदेखि नै ऋषभ शेट्टीको फिल्म ‘कान्तारा’ले बलिउडमा तरङ्ग मच्चाइरहेको छ । 

यो फिल्मले व्यापक प्रशंसा पाइरहेको छ ।

फिल्मले कन्नड  संस्करणमा समेत ठूलो सफलता पाएको छ । यस्तै हिन्दी बजारमा फिल्मले आक्रामक ब्यापार कायम राखेको छ ।

फिल्मले मंगलबार टिकट विन्डोमा २.३० करोड कमाएको छ । यसको हिन्दी भर्सनको व्यापार  कुल ४७.५५ करोड  भारतीय रुपैयाँ पुगेको छ । 

फिल्मले तेस्रो साताको अन्त्यसम्ममा ५० करोडको आँकडा पार गर्ने बताइएको छ ।

ट्रेड एनालिस्ट तथा फिल्म समालोचक तरण आदर्शले आफ्नो ट्वीटर एकाउन्टमा फिल्मको कारोबार शेयर गरेका छ ।  

उनका अनुसार,  फिल्मले शुक्रवार  २.७५ करोड, शनिवार ४.१० करोड, आइतवार ४.४० करोड, सोमवार २.३० करोड, मंगलवार २.३० करोड कमाएको छ । बुधवारको कमाइ भने सार्वजनिक हुन बाँकी छ ।

हालसम्मको  कुल कमाइ ४७.५५ करोड भारतीय रुपैयाँ रहेको छ ।

सेप्टेम्बर ३० मा डेब्यु भएको यो एक्सन थ्रिलर फिल्मको लेखन, निर्माण र निर्देशन ऋषभ शेट्टीले गरेका हुन् । 

यस फिल्मले हालै आईएमडीबीद्वारा रिलिज भएको भारतको हालैका शीर्ष २५० फिल्महरूको सूचीमा पनि नम्बर १ मा स्थान बनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्