१२ असार २०८३, शुक्रबार

कतार फण्ड फर डेभलपमेन्टले नेपाललाई दियो ४ टन स्वास्थ्य सामग्री

कात्तिक १७, २०७९
कतार फण्ड फर डेभलपमेन्टले नेपाललाई दियो ४ टन स्वास्थ्य सामग्री

कतार फण्ड फर डेभलपमेन्टले नेपाललाई कोभिड संक्रमितको उपचारमा सहयोग पुर्‍याउन ४ टन अक्सिजन कन्सन्ट्रेटर र एक सय ६४ किलो रेम्डिसिभिर प्रदान गरेको छ । 

कतार सरकारका तर्फबाट कतार दूतावासका प्रथम सेक्रेटरी खालिद अब्दुल्लाह अल–इब्राहिमले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका खोप अधिकारी ओमप्रसाद उपाध्याय र फार्मेसी अफिसर समीक्षा थापालाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरे । 

कतार सरकार तथा कतार फण्ड फर डेभलपमेन्टले यो सहयोगले नेपालको स्वास्थ्य उपचारको क्षेत्रमा कोभिड–१९ जस्तो महामारीसँग लड्न सहयोग पु¥याउने विश्वास लिएको जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्