×

NMB BANK
NIC ASIA

१७ वटा सञ्चार माध्यमबाट आचारसंहिता प्रतिकूलका सामग्री सम्प्रेषण

कात्तिक १७, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

प्रेस काउन्सिल नेपालले गरेको निर्वाचन केन्द्रित आचारसंहिता अनुगमनका क्रममा १७ वटा समाचार माध्यमबाट आचारसंहिता प्रतिकुल सामग्री सम्प्रेषण भएको पाइएको छ । 
काउन्सिलद्घारा आज जारी प्रेस विज्ञप्तिमा यही कार्तिक १६ गते बेलुका ५ बजेसम्मको सङ्ख्यात्मक विवरणअनुसार २ वटा छापा माध्यम, २ वटा टेलिभिजन र १३ वटा अनलाइनले निर्वाचन आचारसंहिताप्रतिकूल समाचार तथा समाचार–सामग्री सम्प्रेषण गरेको जनाइएको छ ।  यी समाचार माध्यममध्ये ४ वटालाई निर्देशन, २ वटालाई ध्यानाकर्षण, ६ वटालाई सचेत र ४ वटालाई स्पष्टीकरण पत्र पठाइएको र दर्ता÷सूचीकरण नभएका २ वटा न्यूज पोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने बनाउन नेपाल दूरसञ्चार प्राधिकरणमा पत्राचार गरिएको काउन्सिल वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालद्घारा जारी उक्त्त विज्ञप्तिमा जनाइएको छ । 

Muktinath Bank

‘अनुगमनको क्रममा केही सञ्चार माध्यमबाट राजनीतिक दल तथा उम्मेदवारको एकपक्षीय वकालत गर्ने, एउटै सामग्रीमा कुनै राजनीतिक दल, दलका उम्मेदवारको बारेमा पक्षपोषण गर्ने र कसैको बारेमा नकारात्मक प्रभाव पार्ने तथा होच्याउने किसिमले तथ्यगत पुष्ट्याइँबेगर विश्लेषण हुने गरेको पाइएको हुँदा त्यसतर्फ सजगता अपनाउन सम्पूर्ण सञ्चार माध्यममा आग्रह गरिन्छ,’– विज्ञप्तिमा उल्लेख छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस्तै राजनीतिक दलको आमसभा÷भेला जस्ता कार्यक्रममा एक÷अर्को दल तथा दलका उम्मेदवारप्रति व्यक्त हुन सक्ने घृणास्पद अभिव्यक्तिलाई स्थान नदिनेतर्फ सञ्चार माध्यम सजग रहनुपर्दछ भन्दै विज्ञप्तिमा भनिएको छ ‘त्यसैगरी राजनीतिक दलका आमसभा÷भेला कार्यक्रमहरू प्रत्यक्ष प्रसारण हुने गर्दछन् । यसो गर्दा सबै राजनीतिक दलका त्यस्ता कार्यक्रमलाई प्रत्यक्ष प्रसारणको रुपमा स्थान दिन सम्भव प्रायः कम हुन गइ सन्तुलन गुम्न जाने हुँदा त्यस्ता कार्यक्रमको प्रत्यक्ष प्रसारणमा सजगता अपनाउनुपर्दछ ।’


Advertisment
Nabil box
Kumari

साथै, निर्वाचन आचारसंहिता, २०७९ को दफा २५(च) मा ‘कसैको पक्ष वा विपक्षमा एसएमएस, फेसबुक, मेसेञ्जर, ट्वीटर, भाइबर, युट्युब, इन्स्टाग्राम, अनलाइनजस्ता विद्युतीय माध्यमको प्रयोग गरी कुनै सामग्री प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न तथा त्यस्ता सामग्री सामाजिक सञ्जालमा शेयर, ट्याग, कमेन्ट वा प्रतिकमेन्ट गर्न नहुने’ व्यवस्था रहेको हुँदा त्यसतर्फ ध्यान पु¥याउन काउन्सिलले पुनः स्मरण गराएको छ । 
 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x