१२ असार २०८३, शुक्रबार

पर्यटन मन्त्रालयसँग आयोगले माग्यो जवाफ

कात्तिक १७, २०७९
पर्यटन मन्त्रालयसँग आयोगले माग्यो जवाफ

निर्वाचन आयोगले नेपाल वायुसेवा निगमले मात्र गरिरहेको ग्राउण्ड ह्यान्डलिङको कार्य हिमालय एयरलाइन्सले पनि गरेको विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई जवाफ दिन पत्र पठाएको छ ।

‘चुनावको मुखमा एनएसीको मुख्य आम्दानीमा कैँची लगाउँदै हिमालयलाई ग्राउण्ड ह्यान्डलिङ अनुमति’ भन्ने व्यहोराको समाचार प्रकाशन भएकोप्रति ध्यानाकर्षण जनाउँदै आयोगले पठाएको पत्रमा भनिएको छ, ‘नेपाल वायुसेवा निगमले मात्र गरिरहेको ग्राउण्ड ह्यान्डलिङको कार्य हिमालय एयरलाइन्सले समेत गर्ने गरी अनुमति प्रदान गर्न लागिएको हो, होइन ? यो पत्र प्राप्त भएको दुई दिनभित्र यथार्थ व्यहोरा खोली जवाफ पठाउनू ।’

salt training

कमेन्ट गर्नुहोस्