२४ जेठ २०८३, आइतबार

घर पालुवा कुकुर मरेपछि एक परिवारले गर्‍यो सोच्दै अचम्म लाग्ने काम, सोसल मिडियाभर आलोचना

कात्तिक १८, २०७९
घर पालुवा कुकुर मरेपछि एक परिवारले गर्‍यो सोच्दै अचम्म लाग्ने काम, सोसल मिडियाभर आलोचना

तपाईँलाई कुकुर कति प्रिय लाग्छ ? अनि त्यो कुकुरका लागि तपाईँले के–के गर्नुहुन्छ ?

यहाँ एक परिवार कुकुरलाई गरेको प्रेमका कारण यतिखेर चर्चामा छ ।

घटना अष्ट्रेलियाको हो । त्यहाँ एक परिवारले घरपालुवा कुकुर पाले र त्यसको मृत्यु भएपछि उनीहरूले अनौठो काम गरे ।

मिडिया रिपोर्टका अनुसार सो परिवारमा सेतो कुकुर पालिएको थियो । 

यो कुकुर उनीहरूलाई धेरै प्यारो थियो तर अचानक त्यो कुकुरको कुनै रोगको कारण मृत्यु भयो। यसपछि परिवार निकै दुःखी भयो । 

यो कुकुरलाई गाड्नुको सट्टा परिवारले यसको सम्झना आफूसँग राख्ने निर्णय गर्‍यो । 

त्यो परिवारले कुकुरको सम्झना आफूसँगै राख्नका लागि उसको छाला पूर्ण रुपमा हटायो । 

मिडिया रिपोर्टका अनुसार परिवारले सो कुकुरको छालाको गलैंचा बनाएर आफ्नो घरमा नै राख्यो । 

भाइरल भिडियोमा कुकुरको छाला मात्रै देखिए पनि भिडियो हेरेर मानिसहरु आक्रोशित बनेका छन् ।

यो घटना जनावर विरुद्धको हिंसालाई बढावा दिने खालको भएको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्