२५ जेठ २०८३, सोमबार

झन रहस्यमयी बन्दै प्याउली घटना, अनुसन्धान टुङ्गिएन

कात्तिक २०, २०७४
झन रहस्यमयी बन्दै प्याउली घटना, अनुसन्धान टुङ्गिएन

भोजपुर, २५ साउन– गत असार १२ गते मृतावस्थामा भेटिएका तीन बालबालिकासम्बन्धि घटनाको अनुसन्धान अझै टुंगो लाग्न सकेको छैन ।

भोजपुरको अरुण गाउँपालिकामा–३, प्याउलीमा घटना भएको एक महिनाभन्दा बढी बितिसके पनि अनुसन्धान भने टुंगो लाग्न नसकेको हो । घटना भएको दिनदेखि जिल्ला प्रहरी कार्यालय, भोजपुर र क्षेत्रीय अनुसन्धान ब्युरो निरन्तर अनुसन्धानमा लागेपनि घटनाको रहस्य पत्ता नलागेको हो ।

अहिले केन्द्रीय अनुसन्धान ब्युरोबाट टोली खटिएर अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए । अनुसन्धान सुस्त रहेको भन्दै स्थानीय भने आक्रोशित हुँदै आएका छन् ।

स्थानीय रवीन्द्र सापकोटाका १४ वर्षीय छोरा रञ्जीव सापकोटा र चेतनाथ फुयाँलका १३ वर्षीया छोरी सुष्मा र आठ वर्षीय छोरा प्रदीप फुयाँल गत असार १२ गते माछा पोखरीमा मृत भेटिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्