
नेपाली बजारमा बुधवार सुनचाँदीको मूल्य बढेको छ ।
यस दिन छापावाल सुन प्रति तोला ९५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन यस्तो सुन प्रति तोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदी प्रति तोला १ हजार २९५ रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन चाँदी प्रति तोला १ हजार २६५ रुपैयाँमा कारोबार भएको थियो ।